काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास हुने बताउनु भएको छ ।
तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरतासहित सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
ुदेशलाई सुशासन आवश्यक छ, भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छु, उहाँले भन्नुभयो । यस्तै नेता पौडेलले कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर बन्न सकिने बताउनु भयो ।
उहाँले गाउँ गाउँमा उद्योग खोलेर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा समेत जोड दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts