काठमाडौं । पूर्व सञ्चारमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । नेपाली सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु बम नभएको बताएको हो । बम जस्तो देखिएपनि बम भने नभएको सेनाले जनाएको छ ।
उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि गर्दै सेनाको टोलीले निष्कृय पारेको हो ।
प्रहरीले बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर लगतै नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो । शंकास्पद वस्तु फेला परेपछि त्यहाँ वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको थियो।
बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहनुभएको छ । उहाँ मंसिर ४ मा भएको चुनावमा काभ्रे-२ बाट प्रतिनिधि सभा सांसद निर्वाचित हुनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts