काठमाडौं । बाजुराको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार यहाँ नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायम राख्नुभएको छ । पाण्डेले २६ हजार ८ सय ७४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार कर्णबहादुर मल्लले २३ हजार ५८० मत प्राप्त गरेका छन्। आयोगको तथ्याकं अनुसार यी दुई उम्मेदवारबीच ३ हजार २ सय ९४ मतको अन्तर छ।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका जंगकुमार गिरीले १ सय ६६ मत प्राप्त गर्नुभएको छ ।






