काठमाडौं । पूर्व सञ्चारमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।
भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। घरको कम्पाउण्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु भेटिएको हो ।
घटनास्थलमा नेपाली सेनालाई पठाइएको भक्तपुरकी सिडिओ रूद्रादेवी शर्माले जानकारी दिनुभयो ।
बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहनुभएको छ । उहाँ मंसिर ४ मा भएको चुनावमा काभ्रे-२ बाट प्रतिनिधि सभा सांसद निर्वाचित हुनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts