काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा.विजय पौडेलले कांग्रेस उपसभापति धनराज गुरुङलाई आत्मालोचना गर्न सुझाउनु भएको छ ।
गठबन्धनको सहयात्री भएकै कारणले पनि आफूले यति लेख्नै पर्यो भन्दै पौडेलले “बुथ कब्जा” को कालो दाग भिरेर नहिड्न सुझाउँदै सामाजिक सञ्जालमा लेख्नुभएको छ, धनराज गुरुङजीले जीवनभर “बुथ कब्जा” को कालो दाग भिरेर हिँड्ने भए । धनराजले आफैंले श्रद्धाञ्जली दिएका व्यक्तिको पनि भोट खसालेछन् । लाजको मर्नु ! यो लोकतन्त्रको बेइज्जति हो ।’
साथै उहाँले लेख्नुभएको छ– 'धनराजजी, धेरै दुःख गरेर भए पनि यो पाप कटाउनुस् । लोकतन्त्रमा यस्तो झेल त गर्न हुन्न है । पापको फल अवश्य मिल्छ । गठबन्धनको सहयात्री भएकैले झन् लेख्नै प¥यो । खुला खुलस्त आत्मालोचना गर्नुस् अन्यथा भविष्यमा तपाईको राजनीति सकियो, गुण्डागर्दी मात्रै बाँकी रहने छ ।'







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts