नेकपा एसका महासचिव बेदुरामलाई मुकुन्द न्यौपानेको कटाक्ष : खाेले एकगल्ती छाेपे तीन गल्ती !

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले माओवादी केन्द्रसँग एकीकरण गर्ने निर्णयमा पार्टीको मुख्य नेतृत्वले छलकपट गरेको आरोप लगाउनु भएको छ । एमालेसहित वाम एकताको पक्षमा वकालत गर्दै आउनु भएको न्यौपानेले माओवादीसँग नेकपा एसको एकता भएमा आफूहरु त्यहाँ संलग्न नहुने बताउँदै आउनु भएको छ ।

एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले विज्ञप्ति निकालेर माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार भएको बताएकै दिन न्यौपानेले सामाजिक सञ्जाल मार्फत यस्तो बताउनु भएको हो ।

श्रावणदेखि नै माओवादीसंग एकतागर्ने र एमाले बाहेकको समाजवादी केन्द्र बनाउने भनेर माओवादीसँग छलफल गरेर आएका अध्यक्षको सचिवालयका सदस्य सहितको बैठक बोलाएर चारदिनसम्म तिनकुने समाजवादीको पार्टी कार्यालयमा बैठक बसेको पनि उहाँले खुलासा गर्नुभएको छ ।

ADVERTISEMENT

माओवादीसँग एकीकरण गर्ने सन्दर्भमा पार्टीमा पटकपटक छलफल हुँदा आफूले विरोध गरेको न्यौपानेले बताउँदै भन्नुभएको छ – सचिव गंगा तुलाधरले 'अब माओवादीसंग एकता गरेर जानु पर्छ। एमालेसंग मिल्नसकिदैन त्यसैले एमाले बाहेकको वामपन्थी एकता गर्ने ' भनेर प्रस्ताव राखेपछि मैले यसको बिरोध गरेरअसहमति जनाएँ।

स्थायी कमिटी सदस्यसमेत रहनु भएको न्यौपानेले पार्टीको अन्तर पार्टी निर्देशन सार्वजनिक गर्दै एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकीकरण गर्नका लागि पार्टी एकता संयोजन समिति नै गठन गरेको र यता कार्यकर्ताको विरोध छोप्न वक्तव्य दिएको भन्दै आलोचना गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज