संघीय सांसद निर्वाचित भइसकेका राजेन्द्र पाण्डे अझै मुख्यमन्त्री

Read Time = 2 mins

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री प्रतिनिधिसभा सदस्यमा विजयी भइसक्नुभएको छ । उहाँ धादिङ २ बाट एमालेका भूमि त्रिपाठीलाई पराजित गर्दै विजयी हुनु भएको हो । उहाँले निर्वाचित प्रमाणपत्रसमेत बुझिसक्नुभएको छ । तर अहिलेसम्म पनि पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको छैन ।

अघिल्लो निर्वाचनमा धादिङबाट प्रदेश सभा सदस्यमा विजयी हुनु भएका पाण्डे एमाले विभाजन भई गठन भएको एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्नुभएको हो । मुख्यमन्त्रीमै रहनुभएका बेला उहाँले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिई विजयीसमेत भइसक्नुभएको छ । तर, पाण्डेले प्रतिनिधिसभा सदस्य भइसक्दा पनि मुख्यमन्त्री पदबाट किन राजीनामा नदिएको भन्ने खुल्न सकेको छैन ।

ADVERTISEMENT

निर्वाचन आयोगको कानुनमा समेत यसबारे प्रस्ट उल्लेख छैन । यदि उनी प्रदेश सभा सदस्यमा विजयी भएको भए मुख्यमन्त्री पदमै बहाल हुँदा पनि केही फरक पर्दैनथ्यो । तर, अहिले पनि उहाँ मुख्यमन्त्रीकै हैसियतमा क्रियाशील हुनुहुन्छ। प्रतिनिधिसभा सदस्य भइसक्नु भएका उहाँले स्वेच्छाले पदबाट राजीनामा दिनुपर्ने आवाज उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज