मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान गर्ने कांग्रेस नेता सिंहको प्रतिवद्धता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

मेलम्चीको आयोजनास्थल सिन्धुपाल्चोक पुग्नुभएका सिंहले कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी लैजानुपर्ने बताउनुभएको हो।

ADVERTISEMENT

‘परियोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन निरन्तर चासो दिन्छौँ। यहाँको स्थलगत निरीक्षण गरिसकेपछि जुन तस्बिर हामीले सोचेका थियौँ त्यो भन्दा फरक पाएँ,’ उहाँले भन्नुभयो ।

उहाँले चुनावका बेला जहिले पनि काठमाडौंबासीले पानी कहिले खुवाउँछौँ भनेर सोध्ने गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?