पाँचथर । पाँचथरको फिदिममा पाँच दिने निःशुल्क हाडजोर्नी स्वास्थ्य शिविर बुधबारबाट सुरु भएको छ । फिदिम नगरपालिका, जिल्ला अस्पताल पाँचथर, नेपाल माउण्टेन मोबाइल हस्पिटल बेल्जियम, सोलुखुम्बु पोलिटेक्निकल एकेडेमी काठमाडौंको आयोजना तथा पाँचथर अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरको उद्घाटन जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले गर्नुभएको थियो । उद्घाटनको पहिलो दिन १४ जना बिरामीको अप्रेसन गरिएको छ । उद्घाटन सत्रमा बोल्दै फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले हाडजोर्नी तथा नसा रोगसँग सम्बन्धित बिरामीहरू, विपन्न, आर्थिक स्थिति कमजोर भएका परिवारले घर आँगनमै सेवा पाऊन् भन्ने उद्देश्यले पाँचथर, तेह्रथुम, ताप्लेजुङका सेवाग्राहीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताउनुभयो ।
उद्घाटन सत्रमा फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपाने, प्रमुख जिल्ला अधिकारी गणेश गैरे, फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाल, डा.मिङ्मा गेल्जोङ शेर्पा लगायतले शिविरको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले स्टिल निकाल्नुपर्ने तथा अप्रेसन गर्नुपर्ने व्यक्तिहरूले शिविर आएर सेवा लिन सम्बन्धित सबै सेवाग्राहीहरूलाई अनुरोध गर्नुभयो ।
शिविर मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ । शिविरमा अप्रेसन दैनिक बिहान ८ बजेबाट र चेकजाँच बिहान १० बजेबाट हुने भएको छ । अप्रेसनमा डा. मिङ्मा गेल्जोङ शेर्पाको नेतृत्वमा रहेको १० जना डाक्टरहरूको टिम रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts