निर्वाचन सम्पन्न भएको १२ दिनपछि बाजुरामा मत गणना सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

धनगढी । निर्वाचन सम्पन्न भएको १२ दिनपछि बाजुरामा मत गणना सुरु भएको छ । बुधबार निर्वाचन आयोगले मंसिर ४ गते खसेको मतलाई गणना गर्न निर्देशन दिएपछि बाजुरमा आज दिउँसो पौने ४ बजे देखि मत गणना सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार नै सवैदलिय बैठक बोलाएको भएपनि नेकपा एमालेका प्रतिनिधिको सहभागिता नभएपछि आज बिहान मात्रै सर्वदलिय बैठक बसेको थियो । सर्वदलिय बैठकले दिउँसो साढे ३ बजे देखि मतगणना गर्ने निर्णय गरेको थियो ।

मंसिर ४ गतेको निर्वाचनमा धाँधली भएको र बुथ कब्जा समेत भएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालले एक अर्कालाई आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएको थियो । एमालले जिल्लाका १६ मतदान केन्द्रमा बुथकब्जा गरेर एकलौटि मत खसालेको आरोप लगाएको थियो भने नेपाली कांग्रेसले ८ ठाउँमा बुथ कब्जा भएको आरोप लगाउँदै आयोगमा उजुरी दिएको थियो ।

ADVERTISEMENT

दुई दलको उजुरी पनि निर्वाचन आयोगले जिल्लाको अवस्था बुझ्न अध्ययन टोली पठाएपनि सो टोलीले बुथ कब्जा भएको कुनै प्रमाण पेश गर्न सकेको थिएन ।

बाजुरामा कतदानका क्रममा भएको झडपका कारण त्रिवेणि नगरपालिका–७ का सन्दिप अयडिको प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने सो ठाउँका चेतन अयडीलाई कांग्रेसका कार्यकर्ताले रातीको समयमा घरमै गएर कुटपिट गरी हत्या गरेका थिए ।
बुढीनन्दा नगरपालिका–५ को एक मतदान केन्द्रमा भने ४ मंसिरमा मतदानका क्रममा विवाद भएर गोली चलेपछि बीचैमा मतदान रोकिएको थियो । त्यहाँ पुनः मतदानसमेत भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज