काठमाडौं । स्याङ्जा २ मा पछिल्लो मतपरिणामअनुसार कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहनु भएकाे छ । कांग्रेस उपसभापति समेत रहेका गुरुङले ६,०६५ मतसहित अग्रता कायम गर्नुभएकाे हाे ।
यस्तै, एमाकी उम्मेदवार पद्मा अर्यालले पछिल्लो मतपरिणाम अनुसार ४,७६५ मत प्राप्त गर्नु भएकाे छ । कांग्रेस उम्मेदवार गुरुङले एमालेकी अर्याललाई १,३०० मतान्तरले पछि पार्नुभएकाे छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १,५७५ मत ल्याउनुभएकाे छ ।
४ मंसिर निर्वाचन सम्पन्न भए पनि झण्डै १२ दिन दलहरूबीचको किचलोका कारण मतगणना सुरु हुन सकेको थिए । निर्वाचन आयोगको निर्देशनपछि बुधबार रातिदेखि मतगणना सुरु भएको हो ।







Breaking news with related posts