पाँचथर । पाँचथरको फिदिममा ५ दिने निशुल्क हाडजोर्नी स्वास्थ्य शिविर बुधबार बाट शुरु भएको छ ।
फिदिम नगरपालिका, जिल्ला अस्पताल पाँचथर, नेपाल माउण्टेन मोवाइल हष्पिटल वेल्जियम, सोलखम्बु पोलिटेक्निकल एकेडेमी काठमान्डौँको आयोजना तथा पाँचथर अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।
शिविरको उद्घाटन जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले गर्नुभएको थियो । उद्घाटनको पहिलो दिन १४ जना विरामीको अप्रेशन गरिएको छ ।
उद्घाटन सत्रमा वोल्दै फिदिम नगर प्रमुख मित्र प्रसाद काफ्लेले हाडजोर्नी तथा नशा रोग सँग सम्वन्धित विरामीहरु विपन्न, आर्थिक स्थिति कमजोर भएका परिवारले घर आँगनमै सेवा पाउन् भन्ने उद्धेश्यले पाँचथर,तेह्रथुम,ताप्लेजुङका सेवाग्राहीलाई लक्षित गरी शिविर संचालन गरिएको बताउनुभयो ।
उद्घाटन सत्रमा फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपाने, प्रमुख जिल्ला अधिकारी गणेश गैरे, फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दाहाल, डा.मिङ्मा गेल्जोङ शेर्पा लगायतले शिविरको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
उहाँले स्टील निकाल्नु पर्ने तथा अप्रेशन गर्नुपर्ने ब्यक्तिहरुले शिविर आएर सेवा लिन सम्वन्धित सवै सेवाग्राहीहरुलाई अनुरोध गर्नुभयो ।
शिविर मंसिर १५ गते सम्म संचालन हुनेछ । शिविरमा अप्रेसन दैनिक विहान ८ वजेवाट र चेकजाँच विहान १० बजे वाट हुने भएको छ ।
अप्रेशनमा डा. मिङ्मा गेल्जोङ शेर्पाको नेतृत्वमा रहेको १० जना डाक्टरहरुको टिम रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements