प्रतिनिधिसभातर्फ चार क्षेत्रको नतिजा आउन बाँकी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब चार वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ । सुनसरी-४ मा मतगणना जारी छ भने बाजुरा, स्याङ्जा-२ र दोलखामा मतगणना सुरु हुन सकेको छैन ।

मतगणना जारी रहेको सुनसरी-४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। दुई दिन रोकिएर पुनः सुरू भएको मत गणनामा कार्कीले एमाले उम्मेदवार जगदीश कुसियैतलाई ३२८ मतले पछि पार्नुभएको छ ।

ADVERTISEMENT

अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५४ स्थानमा विजयी हुँदा नेकपा एमाले ४४ सिटका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, नेकपा माओवादी केन्द्र १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी ७/७ सिटमा विजयी भएका छन् ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एक/एक स्थानमा जित हासिल गरेका छन् । यस्तै ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *