राजविराज । सप्तरीमा आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्।
जिल्लाको राजविराज नगरपालिमा –१ चनौरा पडरियामा ४० वर्षीया गीता रजकको हत्या गरेको आरोपमा ५२ वर्षीय श्रीमान् भैयालाल भन्ने हिरालाल रजक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार राजविराज नगरपालिका–१ स्थित प्राङ्गारिक मल बनाउने निर्माणाधीन खुल्ला भवनको प्यासेज भित्र मृतकको टाउको तथा निधारमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा गत शनिबार शव फेला परेको हो ।
मृतक गीताका बुबा गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा हिरालाल विरुद्ध किटानी जाहेरी दिनुभएको थियो । उक्त जाहेरीका आधारमा आरोपित हिरालाललाई खोजतलासको क्रममा गत शनिबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका हिरालाललाई ७ दिनको म्याद थप अनुमति लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
रजक दम्पती राजविराज नगरपालिका –१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरा गरी बसेका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts