कारागारलाई पुस्तक र फर्निचर हस्तान्तरण

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङ सेवा समाज कतारले जिल्ला कारागार खोटाङलाई पठनीय पुस्तक र फर्निचरका सामग्रीहरू हस्तान्तरण गरेको छ । जिल्लाबाट रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङे नागरिकहरूको लगानीमा स्थापना भएको समाजले पुस्तकालय स्थापनाका लागि विभिन्न किसिमका पुस्तक र फर्निचर सामग्रीहरू हस्तान्तरण गरेको हो ।

समाजले कारागारमा एक कार्यक्रमको आयोजना गरी विभिन्न विधाका २५५ थान पुस्तक, दुई थान पुस्तक राख्ने र्‍याक, एक थान टेबल र एक थान बेन्च हस्तान्तरण गरेको खोटाङ सेवा समाज कतारका कोषाध्यक्ष रवीन शेर्पाले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश साहले कारागारका निमित्त जेलर सोमप्रसाद आचार्यलाई पुस्तक र पुस्तक राख्न फर्निचरका सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो ।

समाजका वरिष्ठ उपाध्यक्ष डिल्लीशेर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा समाजका कोषाध्यक्ष शेर्पा, पूर्व-सचिव उद्धव आचार्य, जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति थियो ।

ADVERTISEMENT

पुस्तक र फर्निचरका सामग्री बुझिएको र कैदीबन्दीले सहजै पाउने गरी भित्र नै पुस्तकालय स्थापना गरिने निमित्त जेलर आचार्यले बताउनुभयो । कारागारका कैदीबन्दीलाई पढ्न केही पुस्तकहरू भए पनि पर्याप्त पुस्तक थिएन । आचार्यले भन्नुभयोे, ‘समाजले थप पुस्तक हस्तान्तरण गर्दा पढ्ने क्षमता भएका र पुस्तक पढ्ने बानी भएकाहरूले राम्रो ज्ञान हासिल गरेर घर फर्कन पाउनेछन् ।’

२०५४ सालमा स्थापना भएर जिल्लाका लागि दर्जनौँ सामाजिक काम गर्दै आएको समाजले जिल्लाका लागि एउटा एम्बुलेन्स, पञ्च मावि दिक्तेलमा प्राविधिक कक्षा सञ्चालनका लागि आर्थिक सहयोग, कालिका मावि बाकाचोलमा अक्षयकोष र शिद्धेश्वरी मावि खिदिमामा गरिब, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *