अभिनेता ओ योङ-सुमाथि यौन हिंसाको आरोप

Read Time = 2 mins

एजेन्सी/दक्षिण कोरियाका न्यायिक अधिकारीहरूले नेटफ्लिक्सको लोकप्रिय शो ‘स्क्विड गेम’का अभिनेता ओ योङ–सुलाई यौन हिंसाको मुद्दामा दोषी ठहर गरेको बताएका छन् । अधिकारीका अनुसार ७८ वर्षीय अभिनेतामाथि वर्ष २०१७ मा एक महिलालाई गलत रूपमा छोएको आरोप लगाइएको थियो । यद्यपि ओ योङ-सुले यी आरोपलाई अस्वीकार गरेका छन् ।

यस वर्षको सुरुमा दक्षिण कोरियाली अभिनेता ओ योङ-सुले गोल्डेन ग्लोब अवार्डमा ‘वेष्ट सपोर्टिङ एक्टर’ प्राप्त गरेका थिए । यो सम्मान पाउने उनी पहिलो दक्षिण कोरियाली अभिनेतासमेत हुन् । पीडितले ओविरुद्ध गत वर्ष डिसेम्बरमा उजुरी दिएकी थिइन् तर ओविरुद्धको आरोपको छानविन नगरी यो वर्षको अप्रिलमा मुद्दा बन्द गरिएको थियो ।

ADVERTISEMENT

‘पीडितको पुनरावेदनमा’ अभियोजन पक्षले मुद्दा पुनः खोलेको र मुद्दाको अनुसन्धान फेरि सुरु भएको छ । मुद्दामा ओ अभियुक्त भए पनि अहिलेसम्म उनी पक्राउ परेका छैनन् । समाचार एजेन्सी एएफपिका अनुसार यी आरोपहरू बाहिर आएपछि दक्षिण कोरियाको संस्कृति मन्त्रालयले ओ योङ-सुलाई चित्रित गर्ने सरकारी विज्ञापनको प्रसारणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?