काठमाडौं । इलाम क्षेत्र नम्बर १ र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ ।
पछिल्लो विवरणअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिनुभएको छ । उहाँलाई एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछ्याइरहनुभएको छ ।
बस्नेतले २३ हजार ९५ मत पाउँदा खनालले २० हजार ८९६ मत पाउनु भएको छ । सुनसरी ४ मा भने सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिनुभएको छ ।
उहाँले २३ हजार ४३९ मत ल्याएर अग्रता लिइरहँदा एमालेका जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मतसहित पछ्याइरहनुभएको छ।
रोकिएको दुवै क्षेत्रको मतगणना अहिले भइरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts