घुम्ती कवि गोष्ठीको १२०औं शृंखला सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । घुम्ती कवि गोष्ठीको १२०औं शृंखला शनिबार एक कार्यक्रमबीच सम्पन्न भयो । सम्मान आचार्य फाउण्डेशनद्वारा आयोजित यस कार्यक्रममा सम्मान आचार्य सभापति रहनु भएको कार्यक्रममा प्रमुख अथिति प्रा.डा.रामप्रसाद ज्ञवाली रहनुभएको थियो । अतिथिहरूमा विजय चालिसे, गोविन्दप्रसाद घिमिरे वेदमणि तथा मित्रलाल पंज्ञानी रहनुभएको थियो । निबन्ध आचार्यको स्वागत मन्तव्य तथा माधवलाल श्रेष्ठको सञ्चालन रहेको कार्यक्रमका अन्त्यमा रामकुमार पण्डित क्षेत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

रचना वाचन गर्ने साहित्यकारहरूमा विनोद दाहाल वत्स, मित्रलाल पंज्ञानी, दुर्गा अधिकारी भमरकोटे, मधुसूदन पाण्डेय, ओमप्रसाद कोइराला, त्रिलोचन आचार्य, रामकुमार पण्डित, तिलकप्रसाद लुइँटेल, रामचन्द्र दाहाल, शंकर भारती, बिन्दु अधिकारी ढकाल तथा सुशील आचार्य रहनुभएको थियो ।

ADVERTISEMENT

यसैगरी रचना वाचन गर्ने अन्य साहित्यकारहरूमा बिसु केसी, राजेशमान केसी, माधवलाल श्रेष्ठ, गोविन्द घिमिरे, विमल कोइरालालगायत रहनुभएको थियो भने कार्यक्रममा जमुना कोइराला तथा केशव सान्दाइको आतिथ्य रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?