खोटाङ । खोटाङमा विद्युत सर्ट भएर लागेको आगोबाट पसल जलेर नष्ट भएको छ । आगलागीबाट रावाबेँसी गाउँपालिका-३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको दुई तले घरमा रहेको पसलमा आगलागी भएको हो ।
शुक्रबार राति भएको आगलागीमा विश्वकर्मा परिवारको लत्ताकपडा, अन्नपात, सुनचाँदी, भाँडावर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेललगायतका सामान नष्ट भएको स्थानीय घनश्याम खतिवडाले बताउनुभयाे ।
आगलागीमा विश्वकर्माको करिब १५ लाख ६ हजार बराबरको क्षती भएको लामीडाँडा विमानस्थल सुरक्षा पोष्टका प्रहरी सहायक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयाे ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा