सप्तरी । सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी हुनुभएको छ । जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवलाई पराजित गर्दै चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित हुनुभएको छ ।
चौधरीले २३ हजार ४९१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका यादवले १७ हजार ८७७ मत पाउनुभयो ।
२०७० सालको संविधानसभा निर्वाचनबाट चुनावमा लड्न थाल्नुभएका चौधरीले २०७० र २०७४ को चुनाव पनि जित्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts