म प्रतिको विश्वास र माया नै मेरो जित हो: कृष्णप्रसाद सिटौला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा पराजित भएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफूले पाएको मत र विश्वास नै आफ्नो जित भएको बताउनुभएकाे छ ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित हुन पुग्नुभएकाे हाे । लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याएर निर्वाचित हुँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत पाएर पराजित हुनुभयाे । तर, आफूले पाएकै मत पनि आफ्नो जित भएको सिटौलाले प्रतिक्रिया दिनुभएकाे छ ।

ADVERTISEMENT

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा सिटौलाले लेख्नुभएकाे छ, ‘अग्रगमनको पक्षमा मलाई मत दिनु हुने ३७३७२ को म प्रतिको विश्वास र माया नै मेरो जित हो ।’

प्रतिनिधिसभा सदस्यमा निर्वाचित लिङ्देन र प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशी र छविलाल चुडाललाई बधाई तथा शुभकामना दिँदै सिटौलाले  जनताको चाहनाबमोजिम देश विकासमा लाग्न सधैँ प्रेरणा मिलोस् भनेर कामना पनि गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज