जनताको नारा-बैतडीको धरोहर, २० वर्ष दामोदर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बैतडी ।  तेस्रोपटक बैतडेली जनताबाट अनुमोदित हुनुभएका दामोदर भण्डारीको पक्षमा युवाहरुले विजयोत्सव मनाएका छन् । करिब २ घण्टासम्म गीत गाउँदै नृत्य गरेका युवाहरुले ‘बैतडीको धरोहर, बीस वर्ष दामोदर’ भन्दै नारा लगाए ।

सांसद भण्डारीलाई जनताले आफ्नो अविभावक स्वीकारेको १० वर्ष पुरा भइसकेको छ । थप पाँच वर्षे कार्यकाल पाएका भण्डारीले जनमतको अतिउच्च कदर गर्ने बताइरहँदा आगामी पाँच वर्षमा जनपक्षीय कामहरु गरेर देखाउनुपर्ने चुनौती खेप्नुपर्ने छ ।

भण्डारीले नेपाल-भारत सीमा नदी महाकालीमा मोटरेवल पुल निर्माण, फस्फोराईड खानी उत्खनन्, बैतडी स्थित प्राविधिक शिक्षालयहरूको स्तरोन्नति, सडकहरूको स्तरवृद्धि, सामुदायिक कलेजहरूलाई आंगिक बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास गरि जनजीवन उकास्ने एजेण्डासहित चुनावमा प्रतिस्पर्धा गर्नुभएकाे थियाे ।

ADVERTISEMENT

भण्डारी चुनावका बेला विभिन्न समयमा बैतडीका हरेक ग्रामिण क्षेत्रमा पुग्नुभएकाे छ । जनताले शुद्ध खानेपानी, विद्युतको उपभोग गर्न पाएका छैनन् । जनताले आफूहरुको सहजताका लागि आफ्नो सांसदका तर्फबाट केही न केही भूमिका निर्वाह होस् भन्ने चाहेका छन् ।

चुनावी प्रचारका क्रममा भण्डारीले आफू तेस्रोपटक परीक्षा दिन आएको र पास गर्ने वा फेल गर्ने जनताकै हातमा रहेको बताउनु भएकाे थियाे । उहाँलाई जनताले भारी मतान्तरले उत्तीर्ण गराइसके, अब उहाँले बैतडीको विकास र समृद्धिमा के-कस्तो काम गर्नुहुनेछ, त्यो आगामी पाँच वर्षले देखाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *