पुष्पा भुसाल पराजित भएपछि कांग्रेस अर्घाखाँचीका नेता पौडेलद्वारा राजीनामा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि  पौडेलले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि उहाँले बिहीबार नैतिकताको आधारमा राजीनामा दिनुभएकाे हाे ।

उहाँले पार्टीमा देखिएको अराजकता, असहिष्णु व्यवहारका कारण अर्घाखाँचीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुसालसहित प्रदेशका दुवै सिट गुमेकाले पदमा बस्न नैतिकताका आधारमा नमिल्ने भन्दै उहाँले जिल्ला कार्यसमितिबाट राजीनामा दिनुभएकाे हाे । उहाँले आगामी दिनमा कांग्रेसभित्रै रहेर राजनीति गर्ने विज्ञप्तिमा उल्लेख गर्नुभएकाे छ ।

ADVERTISEMENT

अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भुसाल एमालेका टोपबहादुर रायमाझीसँग पराजित हुनुभएकाे छ । जिल्लाका सबै सिटमा एमालेले क्लिन स्विप गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?