काठमाडौं । प्रतिनिधिसभातर्फको १६५ सिटमध्ये १३५ सिटमा मतगणना भइरहेको छ । बाँकी ३० सिटमा विभिन्न प्राविधिक समस्या र कतिपय स्थानमा मतदान नै स्थगित भएका कारण गणना हुन सकेको छैन ।
हालसम्म मतगणना भएका क्षेत्रमध्ये कांग्रेसले सर्वाधिक १३ सिटमा विजयी हासिल गरिसकेको छ भने दोस्रो स्थानमा रहेको एमालेले चार सिट जितेको छ । यस्तै, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन सिट, माओवादीले एक सिट, राप्रपाले एक सिट, एकीकृत समाजवादीले एक सिट र नागरिक उन्मुक्ती पार्टीले एक सिटमा जित हासिल गरेका छन् ।
प्रत्यक्षसँगसँगै समानुपातिकतर्फको ११० सिटका लागि आएको मत पनि गणना भइरहेको छ । समानुपातिकतर्फ सर्वाधिक मत एमालेले पाइरहेको छ । हालसम्म एमालेले दुई लाख ४१ हजार नौ सय ९९ मत पाएको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले दुई लाख १९ हजार चार सय ४९ मत पाएको छ ।
यस्तै, अन्य दलहरू क्रमशः माओवादीले एक लाख चार सय ५३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख १२ हजार ६१ मत, राप्रपाले ५७ हजार सात सय ६४ मत, जसपाले १७ हजार सात सय ५८ मत, एकीकृत समाजवादीले १३ हजार तीन सय मत र नागरिक उन्मुक्ती पार्टीले ११ हजार तीन सय २१ मत पाएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts