बागलुङ । बागलुङ-१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्र बहादुर थापा विजयी हुनु भएको छ । थापाले एमालेका उम्मेदवार हिराबहादुर केसीलाई १४७८ मतान्तरले पराजित गर्नु भएको हो । थापाले १३ हजार ८८४ मत ल्याउँदा केसीले १२ हजार ४०५ मत प्राप्त गर्नु भएको छ ।
थापा पाँच दलीय गठबन्धका साझा उम्मेदवार हुनुहुन्थ्यो । यस क्षेत्रमा थापा र केसीसहित पाँच जनाको उम्मेदवारी परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य १४५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक ३०७ र स्वतन्त्र उम्मेदवार दिपेन्द्र हमालले १०७ मत प्राप्त गर्नु भएको छ ।
बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार २८० मतदाता रहेकोमा २८ हजार ८२५ मत खसेको थियो । जसमा ६३२ मत बदर भएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता