हुम्लामा अझै हुन सकेन मतगणना, १३६ मतपेटिका केही मतदान केन्द्रमै केही बाटाेमै

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हिमाली जिल्ला हुम्लामा मतदान गरेको २ दिन बित्दा समेत अझै मतपेटिका पुग्न सकेको छैन ।

भौगोलिक बिकटताले यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो । दक्षिण भेगमा रहेको चारवटा गाउँपालिकाको ३४ मतदान केन्द्रको १३६ वटा मतपेटिका पुग्न नसकेको हो । प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) को सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नपुग्दा मतगणना गर्ने कार्य हुन सकेकाे छैन ।

आइतबार मतदान सम्पन्न भएपनि मंगलबार साँझसम्म दक्षिणी भेगका मतपेटिका पुग्न नसकेका हुन् । मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत बाँकी मतपेटिका ल्याइने भनिएपनि उडान हुन सकेन । मतदान सम्पन्न भएको ४८ घण्टा बित्दा पनि आधाभन्दा बढी मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका छैन।

मंगलबार साँझसम्म हेलिकप्टरले उडान नभरेपछि बुधबार बिहान पैदल भएर बोकाएर ल्याउने तयारी भएकाे निर्वाचन कार्यालयका निमित्त अधिकारी श्यामबहादुर रानाले बताउनुभयो ।

ADVERTISEMENT

दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका मतपेटिकाका सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा ल्याइपुर्याएको भए पनि त्यस यता हेलिकोप्टरमा ढुवानी गर्ने भनेर रोकिएका थिए ।  मतपेटिका सर्केगार्डमा जम्मा गरिए पनि त्यताबाट ल्याइएको छैन । सर्केगार्डबाट सदरमुकाम सिमकोट पुग्न डेढ दिन पैदल लाग्ने गर्छ । सर्केगार्डमा जम्मा गरिएका मतपेटिका पैदल मार्गबाट ल्याउँदा जोखिम हुने भएपछि हेलिकप्टरबाट ल्याउने तयारी गरिएकाे हाे ।

सर्केगार्डमा रहेका मतपेटिका, ताँजाकोटका सात मतदान केन्द्रका मतपेटिका, अदानचुलीका आठ, चंखेलीका आठ र सर्केगार्डका बाह्र वटा मतदान केन्द्रका मतपेटिका छन् । मतपेटिका हेलिकोप्टरबाट ढुवानी नभएका कारण मतगणना कहिले गर्ने भन्ने बारे अन्याेल छ ।

मतगणनास्थल तयार भए पनि मतगणना कसरी गर्ने भन्ने बारे यकिन भएकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?