डडेल्धुरा । डडेल्धुरामा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले फराकिलो अग्रता कायमै राखुभएको छ । पछिल्लो मतपरिणाम अनुसार हालसम्म ११ हजार ३७० मत गणना भएको छ ।
जसमा देउवाले ५७८७ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उमेदवार सागर ढकालले उहाँलाई पछ्याइरहनुभएको छ । ढकालले हालसम्म २७९७ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी कांग्रेस बीपीका उमेदवार कर्णबहादुर मल्लले १६९० मत प्राप्त गर्नुभयो । अहिलेसम्म ७१० मत बदर भएको बताइएको छ ।






