काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सिंहले सात हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले सात हजार १८ मत पाउनुभयो ।
यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जित्नुभएको थियो । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी हुनुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले चार हजार ११५, एमालेका किरण पौडेलले तीन हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले तीन हजार १२४ मत प्राप्त गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts