रौतहट । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले देशको अवस्था र भविष्यलाई विचार गरेर अब वैदेशिक ऋण नलिइने बताउनु भएको छ ।
रौतहटको गढीमाई नगरपालिका-४ सुन्दरपुरमा पञ्चवर्षीय गढीमाई मेला महोत्सवको उद्घाटन गर्दै कावा प्रम सिंहले ऋण लिँदा विचार गर्नुपर्ने बताउनु भएको हाे ।
कावा प्रम सिंहले बाटोघाटो, विद्युत सबैमा ऋण लिइनुभन्दा अनुदानमा जोड दिइने पनि बताउनु भएको छ । छिमेकी मित्र राष्ट्रहरुसित आफ्नो देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अनुदानमा जोड दिनु राम्रो मानेको सिंहको भनाइ छ ।
कावा प्रम सिंहले नेपाल बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक देश भएको बताउनु हुँदै धर्म-संस्कृतिलाई संरक्षण गर्न सबै जना मिलेर आ-आफ्नो आस्थाका साथ अगाडि बढ्नुपर्ने पनि बताउनु भयाे । पहिलेका वर्षहरुभन्दा यस वर्ष गढीमाईको मेला अझ भव्य हुने विश्वास व्यक्त
गर्दै आफ्नो मन्त्रालयबाट गढीमाई मन्दिरको विकासको लागि गर्न सक्ने काम आफुले गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
मेला महोत्सव समितिका स्वागतकर्ताहरुले गढीमाई मन्दिरमा धर्मशाला तथा विवाह भवनको माग गरेका छन् । महोत्सव समितिका अध्यक्ष तथा नगर प्रमुख श्यामप्रसाद यादवको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, साँसद पूजा चौधरी, नेपाली काँग्रेसका मधेश प्रदेश सभापति तथा प्रदेश सभामा संसदीय दलका नेता कृष्णप्रसाद यादव, मधेश प्रदेशका अर्थमन्त्री जितेन्द्र यादव, प्रदेशसभा सदस्य शेख फुलबाबु, गरुडा नगर प्रमुख कन्थमनि प्रसाद कल्वार, चन्द्रपुर नगर प्रमुख संजय काफ्ले, मौलापुर नगर प्रमुख रिनाकुमारी साह, रौतहटका सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालय प्रमुखहरु, जनप्रतिनिधि तथा विभिन्न दलका राजनीतिज्ञहरुको सहभागिता रहेको थियो । महोत्सवलाई सम्बोधन गर्नुअघि कावा प्रम सिंहले गढीमाई मन्दिरमा पूजापाठ गर्नुभएको थियो ।
रौतहटको सुन्दरपुरमा यस वर्ष १३औँ मेलाको रुपमा पञ्चवर्षीय गढीमाई मेलालाग्दै गरेको आयोजकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts