चिसाङ शेर्पा/हिटा
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले ‘बुहारी शिक्षा’ कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी थालेको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको बुहारी शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी गरेको हो । गाउँपालिकाको सात वडामा विभिन्न स्थानबाट विवाह गरी आएका कक्षा आठ पास र माध्यमिक शिक्षा परीक्षा एसईई उत्तिर्ण गरेका बुहारीहरूको पढ्ने इच्छालाई पूरा गराउन तथा उच्च शिक्षा हासिल गराउनका लागि बुहारी शिक्षा कार्यक्रम कार्यान्वयनको तयारीमा लागिएको गाउँपालिकाले जनाएको छ ।
जसका लागि गत २२ कात्तिकमा सम्पूर्ण वडामा रहेका कक्षा आठ र एसइई उत्तीर्ण गरेर बसेका बुहारीहरूको तथ्यांक ३० दिनभित्र शिक्षा शाखा र महिला तथा बालबालिका शाखामा उपलब्ध गराउन पत्रचार गरिएको छ । पत्रका साथमा आवेदन फारम वडाहरूमा पठाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्कीले बताउनुभयो । बुहारी शिक्षा कार्यक्रमले कक्षा आठ पास गरेका बुहारीहरूलाई कक्षा ९ मा भर्ना शुल्क, रजिष्ट्रेशन फारम शुल्क, स्टेसनरीलगायत व्यवस्थापन गरेर एसइई परीक्षासम्म सहयोग गरिदिनेछ । एसइई उत्तीर्ण गरेका बुहारीलाई कक्षा ११ र कक्षा १२ अध्ययन तथा परीक्षामा सामेल हुनलाई सम्पूर्ण व्यवस्थापन गरिदिनेछ ।
आर्थिक, पारिवारिक समस्याका कारण पढ्न नसकेका बुहारीहरूका लागि अघि बढाईएको कार्यक्रममा बुहारीहरू नियमित कक्षामा जान त सक्नुहुन्न शिक्षा शाखा संयोजक सुरेन्द्र खनालले भन्नुभयो, त्यसका लागि गाउँपालिकाले ट्युसन पढाउने शिक्षकको व्यवस्थापन गरेर परीक्षामा सामेल गराइनेछ । चालु शैक्षिक सत्रमा मुख्यतः बुहारी शिक्षा सञ्चालनलाई कार्यविधि तयार गर्छौं, कक्षा आठ र एसइई उत्तीर्ण गरेका बुहारीहरूको विवरण संकलन गर्छांै । जसले गर्दा बुहारी शिक्षा कार्यक्रमलाई बजेट विनियोजन गर्न सजिलो होस् ।
यस शैक्षिक सत्रमा कक्षा आठ पास गरेकाले पढ्ने समय भने सकिएको छ । कक्षा ११ पढ्न चाँहि समय छ । खनालले भन्नुभयो, अर्को शैक्षिक सत्रबाट पढ्न इच्छा गर्ने बुहारीहरू कापी, कलमका साथमा अध्ययन गरिरहेका हुनेछन् ।’ चालु आर्थिक वर्षमा गाउँपालिकाको आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरेर बुहारी शिक्षा कार्यक्रम अघि बढाइने गाउँपालिका अध्यक्ष समीर राईले बताउनुभयो । अर्को आर्थिक वर्षबाट भने निरन्तर बजेट विनियोजन गरिनेछ ।
पढ्ने मन भएका तर, फर्म भर्ने म्याद सकेकाले चालु शैक्षिक सत्रमा पढ्न पाउनुभएन, फर्म भर्ने म्याद भएको र पढ्न चाहना गर्ने बुहारीहरूले तथ्यांक संकलनकै क्रममा पढ्छु भनेमा फर्म भराएर पढाउँछौँ, ट्युसनको बन्दोबस्त गर्छौं । अध्यक्ष राईले भन्नुभयो, ‘पढ्ने इच्छा हुँदाहुँदै पनि पढ्ने इच्छा मरेर नजाओस् भनेर बुहारी शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो यसले पालिकाभरिका बुहारीहरू लाभान्वित हुनेछन् ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts