इंग्ल्याण्डविरुद्ध खेल्ने पाकिस्तानको टोली घोषणा

Read Time = 1 min

कराँची । घरेलु टोली पाकिस्तानले इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिजका लागि टोली घोषणा गरेको छ । पाकिस्तानले बाबर आजमको कप्तानीमा टेस्ट टिम घोषणा गरेको हो । सन् २००५ पछि पहिलोपटक पाकिस्तानको घरेलु भूमिमा इंग्ल्याण्डले टेस्ट सिरिज खेल्न लागेको हो । पाकिस्तान र इंग्ल्याण्डबीच तीन खेलको टेस्ट सिरिज हुँदैछ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने आशा जीवित राख्न पाकिस्तानका लागि यो सिरिज महत्वपूर्ण हुनेछ । बाबर आजमको टोली तालिकाको पाँचौँ स्थानमा छ ।

ADVERTISEMENT

पाकिस्तानी टोलीमा बाबर आजम(कप्तान), मोहम्मद रिजवान, सरफराज अहमद, शान मसुद, सउद शकील, सलमान आगा, नसीम शाह, नौमान अली, अब्दुल्ला शफीक, इमाम उल हक, फहीम अशरफ, हारिस रउफ, मोहम्मद वसीम, अबरार अहमद, जाहिद महमुद, मोहम्मद नवाज, अजहर अली र मोहम्मद अली रहनुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?