बर्दियामा २ मा नागरिक उम्मुक्ति पार्टीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार अगाडि

दीपककुमार शर्मा बर्दिया, संवाददाता
दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । बर्दिया क्षेत्र न २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिनु भएको छ ।

७ हजार ८ सय २७ मत गणना हुँदा चौधरीले ३ हजार ४ सय ३६ मत ल्याउदै अग्रता लिनु भएको हो । गठबन्धनका तर्फ बाट नेकपा माओवादी केन्द्रका सुरश पन्थले १ हजार ९ सय १० मत ल्याउनु भएको छ ।

ADVERTISEMENT

उता नेकपा एमालेका पंकजसिंह राठौरले १ हजार २ मत प्राप्त गर्नु भएको छ । यसै गरी राप्रपाका विनय रावलले ६ सय ३७ मत ल्याउनु भएको छ । स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको थियो । सो क्षेत्र बाट रेशम चौधरीले उम्मेदवारी दिनु भएको थियो । उहाँको उम्मेदवारी खारेज भएपछि स्वतन्त्र रुपमा उठेका रेशम चौधरीकै बुवा लालविर चौधरीलाई समर्थन गरेको थियो ।

यो क्षेत्रमा २०७४ सालमा प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी सहजै विजयी भएको थियो । प्रतिनिधि सभामा उम्मेदवार भएका सवै पहिलो पटक निर्वाचन लडिरहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज