तारजाली लगाउनाले धनकुटाको मतगणना दिउँसो १ बजेबाट सुरु हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

धनकुटा । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ ।

मतगणनास्थलमा तारजाली लगाउने काम भइरहेकाले मतगणना दिउँसोदेखि सुरु हुने भएको हो । सोमबार बिहान बसेको सर्वदलीय बैठकले तारजाली लगाएपछि मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

मतपेटिका सबै मतदान केन्द्रबाट आइसकेको उहाँको भनाइ छ । धनकुटामा एमालेबाट राजेन्द्रकुमार राई र नेपाली कांग्रेसबाट सुनिलबहादुर थापा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?