बैतडीमा ५२ प्रतिशत मत खस्यो

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा ५२ प्रतिशत मत खसेको छ । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा ७८ हजार ३६९ मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

जिल्लाका २११ वटै मतदान केन्द्रबाट ३८ हजार २७७ पुरुष र ४० हजार ९२ महिलागरी ७८ हजार ३६९  मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
जिल्लामा शान्त वातावरणमा मतदान भएकाले मतपेटिका ढुवानीको काम सुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, डिएसपी प्रेम शाहीले जानकारी दिनुभयो। जिल्ला सदरमुकाम आसपासका मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम पुर्याइउको छ । अन्य ठाउँबाट ढुवानीको काम भइरहेको उहाले बताउनुभयो । भोलि १० बजेभित्रै मतपटिका जिल्ला सदरमुकाम पुग्ने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो । भोलिदेखि नै मत गणना सुरु गरिने पनि उहाले बताउनुभयो ।
बैतडीमा १ लाख ५० हजार १५६ मतदाता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *