दाङ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पूर्व सभामुख कृष्णबहादुर महराले आफ्नो मतदान केन्द्र रोल्पाबाट पहिलो मतदान गर्नुभएको छ। महराले रोल्पा नगरपालिका १ स्थित तारा माध्यामिक विद्यालयबाट पहिलो मतदान गरेपछि उक्त केन्द्रमा मतदान सुरु भएको थियो ।
मतदान पछी संक्षिप्त कुराकानी गर्दै महराले दशकौं देखिको आन्दोलनको उपलब्धि स्वरूप जनताले प्राप्त गरेको जनताको संबिधानको रक्षक र भक्षक बिचको लडाई भएको प्रतिक्रिया दिनुभयो संबिधान मास्न खोज्ने र देशलाई अस्थिरता तर्फ डोर्याउने प्रतिगामी शक्तिलाई जनताले चिनिसकेकाले प्रतिगामीलाई निर्वाचनबाट जनताले परास्त पार्नेछन र अग्रगामी शक्ति बाम-लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा विजयी हाँसिल गर्ने छ उहाँको भनाइ थियो ।
संबिधान निर्माण पछी दोश्रो कार्यकालका लागि आज भइरहेको मतदानमा बिहानैदेखि मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts