‘नम्बरी सुन’मा नम्रता र आमेशसँग जोडी बाँधिने

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’मा नम्रता सापकोटा र आमेश भण्डारीको जोडी बाँधिने भएको छ । राजु गिरीको निर्देशनमा बन्न लागेको यो चलचित्रमा अभिनेत्री सापकोटाको प्रवेश भएसँगै जोडी बाधिने भएको हो । शुक्रबार निर्देशक गिरी र निर्माता नारायण खातीले सापकोटासँग सम्झौता गर्नुभएको थियो भण्डारी र सापकोटाले पहिलो पटक एकसाथ काम गर्न लाग्नुभएको हो । नम्रताले स्क्रिप्ट र चरित्र राम्रो लागेपछि चलचित्रमा साइन गरेको बताउनुभयो ।

आमेश र नम्रतासँगै चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, स्मृति वलीको पनि अभिनय रहने छ । चलचित्रका लागि अन्य केही कलाकार चाँडै छनोट गरिने निर्देशक गिरीले जानकारी गराउनुभयो । केही दिनमा चलचित्रको शुभ मुहूर्त गरेर आगामी माघ २० गतेबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । हालै लेखक शिवम् अधिकारीले स्क्रिप्ट तयार गरेर निर्देशक गिरी र निर्माता खातीलाई हस्तान्तरण गर्नुभएको थियो ।

ADVERTISEMENT

‘नम्बरी सुन’बाट राजेन्द्र खड्गीले लामो समयपछि द्वन्द्व निर्देशनमा कमब्याक गर्दै हुनुहुन्छ । ७० वर्षअगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण हुने बताइएको यस चलचित्रमा निर्माता खातीकै कथा तथा गीत लेखन रहेको छ भने सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । लमजुङ, हेटौंडा र काठमाडौंमा चलचित्रको छायांकन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?