मतदानमा सहभागी हुन गण्डकीका मुख्यमन्त्रीको आह्वान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्दै योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन आग्रह गर्नुभएको छ। एक विज्ञप्ती निकाल्दै उहाँले गण्डकी प्रदेशका सबै मतदातालाई मतदानमा सहभागी हुन अपिल गर्नुभएको हो ।

पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र नागरिकको चाहना बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गर्नुभएको छ। ‘हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्ण ढंगबाट उपयोग गर्नुहुनेछ भन्नेमा आश्वस्त छु,’ उहाँले भन्नुभयो ।

ADVERTISEMENT

मुख्यमन्त्री पोखरेलले लामो र कठोर बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि रक्षा गर्दै मुलुकलाई आर्थिक तथा सामाजिक उन्नयनको मार्गमा लैजान सक्ने प्रतिनिधि छनौट गर्नु आवधिक निर्वाचनको मुल ध्येय रहेको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?