सिन्धुलीका २५ मतदानस्थल अति संवेदनशील

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । सिन्धुलीका २५ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्लाभर १५१ मतदानस्थल तोकिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार २५ मतदानस्थललाई अति संवेदनशील, ६४ वटालाई संवेदनशील र ६२ वटालाई सामान्यको सूचीमा राखिएको हो । जिल्लामा २६७ वटा मतदान केन्द्र छन् ।

सुरक्षाका दृष्टिले संवेदनशील मानिएका मतदानस्थलहरूमा सुरक्षा निकायले बढी निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि एक हजार ३८९ जना म्यादी प्रहरी खटिएका छन् । म्यादी प्रहरी आमनिर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन कार्यक्षेत्रमा खटिएका हुन् ।

‘एक हजार ४०१ जना भर्ना गरिएको थियो । १२ जनालाई रामेछाप पठाइयो । बाँकी म्यादी जिल्लामै खटाइएको छ,’ प्रहरी नायब उपरीक्षक केसीले भन्नुभयो ।

ADVERTISEMENT

सिन्धुलीमाडीस्थित प्रहरी कार्यालय परिसरमा १० दिन तालिम लिएर कार्यक्षेत्रमा गएका म्यादीले आ–आफ्नो जिम्मेवारी कुशलरूपमा सम्पन्न गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

म्यादी प्रहरी सबैभन्दा बढी कमलामाई नगरपालिकामा २८८ र सबैभन्दा कम हरिहरपुरगढी गाउँपालिकामा ८५ जना खटाइएको उहाँले जानकारी गराउनुभयो । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली निगरानीमा रहेको उहाँको भनाइ छ । सुरक्षाकर्मी सबै मतदानस्थलमा खटाइसकिएको र आवश्यकताअनुसार तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको जिल्लामा सुरक्षा चुनौती कम गर्न आवश्यक तयारी गरिसकिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थल वर्गीकरण गरेर सोहीबमोजिम सुरक्षाकर्मी परिचालन गरिसकिएको छ । सुरक्षाका सबै रणनीति अपनाइएको छ ।’ उहाँले डर, त्रास र भयरहित भएर शान्तिपूर्णरूपमा मत खसाल्न पनि सबैलाई आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?