सिन्धुली । संघीय सरकारले बाढीपहिरोमा परेर ज्यान गुमाएका मृतकको परिवारलाई राहत दिएको छ । सिन्धुलीमा बाढीपहिरोका कारण मृत्यु भएका दुई जना मृतकका परिवारलाई दुई-दुई लाख रुपैयाँ नगद राहत दिएको हो ।
गत शुक्रबार र शनिबार (असोज ११ र १२ गते) मुसलधारे वर्षाका कारण आएको बाढी र खसेको पहिरोमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई शुक्रबार जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मामार्फत् नगद राहत प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यसमेत रहेका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार कमलामाई नगरपालिका-९ भिमानस्थित सुके खोलामा आएको बाढीमा बगेर शुक्रबार ज्यान गुमाएका स्थानीय ४६ वर्षीय कृष्ण बहादुर बोगटीको काका भिमबहादुर बोगटी र घरमाथीबाट पहिरो खस्दाभाग्ने क्रममाज्यानगुमाएकासुनकोशीगाउँपालिका–१ नेपालथोकका १२ वर्षीय विनय कोइरालाको आमा विन्दाकार्की (कोइराला) लाई नगद दुई-दुई लाख वितरण गरिएको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले १४ असोजमा बाढी, पहिरो तथा डुबानमा परेर ज्यान गुमाएका व्यक्तिको परिवारलाई जनही २ लाख रुपैयाँ राहतदिने निर्णय गरेको थियो ।त्यस्तै, बेपत्ता रही १० दिनसम्म फेला नपरेकाका परिवारलाई पनि मृतक सरहकै राहत प्रदान गर्ने निर्णयसमेत सरकारले गरेको छ ।
उक्त राहत प्राप्त गर्न मृतकको परिवारले सम्बन्धित वडा कार्यालयको सिफारीस, मृत्यु दर्ता, नाताप्रमाणित पत्र, बैंक खाता नम्बर, प्याननम्बर र प्रहरीको लास जाँच प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्ट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पेस गर्नु पर्दछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता