काठमाडौं । बागमती युवा क्लब सर्लाहीले ‘सी’ डिभिजन लिग छनोटको उपाधि जितेको छ । गोलबजार एससिलाई एक-शून्य ले पराजित गर्दै बागमतीले छनोटको उपाधि जितेको हो । सातदोबाटोस्थित एन्फाको खेल मैदानमा भएको फाइनलमा बागमतीका लागि विमल घिसिङले गरेको गोल नै निर्णायक बन्यो । उहाँले ६१औं मिनेटमा निर्णायक गोल गर्नुभएको थियो ।
नकआउट चरण अन्तर्गत बागमती समूह दुईको तथा गोलबजार समूह एकको विजेता बन्दै फाइनलमा प्रवेश गरेको थियो । नकआउटमा आफ्नो समूहमा पहिलो भएका दुवै टोली ‘सी’ डिभिजन लिगका लागि छनोट भइसकेका छन् । अब यी दुई क्लबले आगामी वैशाख २२ गतेबाट हुने भनिएको शहीद स्मारक ‘सी’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछ ।
‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहँदा सहभागी टोलीलाई २० समूहमा विभाजन गरेर खेलाइएको थियो । समूह चरणपछि शीर्ष टोलीले नकआउट चरणमा स्थान बनाएका थिए । नकआउटमा पुगेका २० टोलीलाई पुनः दुई समूहमा विभाजन गरि खेलाइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच