काठमाडौं १ का साहुसहित ११ स्वतन्त्र उम्मेदवारले रवीन्द्र मिश्रलाई पहिलाे समर्थन गर्दै मैदान छाडे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौं १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।

लौरो अभियानका उम्मेदवार डम्बर साहुसहित ११ जना उम्मेदवारले राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहलाई हराउने उद्देश्यले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् ।

१५ वर्षसम्म यही क्षेत्रबाट जिते पनि कुनै उल्लेख्य काम गर्न नसकेको कारणले नेता सिंहलाई हराउनैपर्ने चुनावी मैदान छाडेकाहरूको भनाइ छ ।

ADVERTISEMENT

 

dambar-sashu-bigyapti-2

dambar-sashu-bigyapti-1-rotated

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?