सुर्खेत पुगेर देउवा र प्रचण्डको एकस्वर : गठबन्धन १५ वर्षसम्म कायम रहन्छ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

सुर्खेत । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीलेजस्तो संसद विघटन नगरी पूरा कार्यकाल चलाउने बताउनु भएको छ।

सत्तारुढ गठबन्धनले म‌ंगलबार सुर्खेतको मेहेलकुनामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै  देउवाले संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले कानुनविपरीत ओलीले दुई पटक संसद विघटन गरेको आरोप पनि लगाउनु भयो । ‘ओलीले संसदलाई अंगभंग गर्न खोजे,’ उहाँले भन्नुभयो, ‘जनतालाई हामी के विश्वास दिलाउन चाहन्छौं भने हामीले कुनै पनि हालतमा संसद भंग गर्दैनौं। संसदलाई पूर्ण कार्यकाल राख्छौं।’

साथै देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताउनु भयो। यसका लागि कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन उहाँको आग्रह छ।

ADVERTISEMENT

सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताउनु भयो । देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने उहाँले बताउनु भयो ।

‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने छ,’ उहाँले भन्नुभयो,‘ गठबन्धन १५ वर्ष जानेछ र देशमा शान्तिको नयाँ युगको सुरुवात हुने छ ।’

प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको बताउनु भयो । उहाँले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र सम्बृद्धिको लागि गठबन्धनको आवश्यक रहेको पनि बताउनु भयो । उहाँले अब ओलीसँग सहकार्य नहुने पनि जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज