‘९० प्रतिशत उम्मेदवार झुठो खर्च विवरण पेश गर्छन्’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । निर्वाचनमा प्रतिश्पर्धा गर्ने ९० प्रतिशत उम्मेदवारले भएको खर्च भएकोभन्दा निकै कम हुने गरि झुठो खर्च विवरण पेश गर्ने गरेको आरोप छ ।

काठमाडौं स्कुल अफ ल भक्तपुरले मंगलबार आयोजना गरेको वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र पारदर्शी बनाउन चाल्नुपर्ने कदमहरु विषयमा अन्तरक्रियामा पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले ९० प्रतिशत उम्मेदवारले दिएको खर्च विवरण झुठो हुने गरेको बताउनु भयो । निर्वाचन आयोगले खर्चको सीमा निर्धारण गरेको हुनाले उम्मेदवाहरूले वास्तविकताभन्दा कम मात्रै खर्च देखाई पेश गर्ने उहाँको भनाइ छ ।

ADVERTISEMENT

यस्तै, पूर्व अर्थसचिव शिशिर ढुंगानाले पैसा खर्च गर्न नसक्नेले चुनावमा सहभागी हुने कल्पना समेत गर्न नसक्नु दुःखद् भएको बताउनु भयो । जसरी पनि चुनाव जित्न पैसा खर्च गर्नु गलत भएको उहाँको भनाइ छ । चुनाव खर्चका लागि व्यापारी वा अन्यसँग पैसा चन्दा माग्दा जितेपछि जनताको होइन चन्दावालाको इच्छाअनुसार काम गर्नुपर्ने बाध्यता आइपर्ने उहाँको भनाइ थियो । यस हिसाबले विजयी उम्मेदवार जनताप्रति नभई चन्दादाताको रुचीअनुसार काम गर्नु पर्ने हुने उहाँले बताउनु भयो । यही कारण चुनेर पठाउने जनतामा बितृष्णा पैदा हुने उहाँले बताउनु भयो ।

आयोजक काठमाडौं स्कुल अफ ल भक्तपुरका अध्यक्ष डा गोविन्दप्रसाद कुसुम, आयोजककै कार्यकारी निर्देशक प्राडा युवराज संग्रौला, प्राज्ञिक सल्लाहकार गणेशप्रसाद अधिकारीलगायतले निर्वाचन खर्चको व्यवस्थापनमा विशेष जोड दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. अहिलेसम्म निर्बाचन अायाेगले उम्मेद्वारका लागि ताेकेकाे खर्चकाे सीमा नै त्यसभित्र बसेर कागजी हिसाब किताब मिलाउने बाँकी जे जित खर्च गरे नि पाइने जस्ताे छ । चुनावमा अथाह खर्च राेक्ने कुनै प्रबन्ध नै छैन ।

रिलेटेड न्युज