नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ भङ्गेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ ।
धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उहाँको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको हो ।
आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ ।
घटनालगत्तै उनी फरार रहेको पाएपछि काठामाडौंतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको छ ।
धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अंगमा गहिरो चोट पुर्याएर उहाँहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts