कीर्तिमानी डा. उपाध्यायलाई ‘दादा साहेव फाल्के’ अवार्ड

Read Time = 4 mins

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायलाई भारतको प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के अवार्ड २०२२ प्रदान गरिएको छ । आइतबार मुम्बईमा भएको एक विशेष समारोहमा डा.उपाध्यायलाई यो अवार्ड अर्पण गरिएको हो ।
भारतमा दादा साहेव फाल्के अवार्ड एउटा भारतको केन्द्रीय सरकारले प्रदान गर्दै आएको छ भने अर्को श्रीदादा साहेव फाल्के इन्टरनेशनल अवार्ड फिल्म फाउण्डेशन र श्रीडिएसपी फिल्म प्रोडक्सनले प्रदान गर्दै आएको छ । डा. उपाध्यायलाई फिल्म फाउण्डेशनले अवार्ड प्रदान गरेको हो ।
भारतले प्रदान गर्ने यो अवार्ड जति प्रतिष्ठित मानिन्छ त्यति नै फाउण्डेशनले प्रदान गर्ने अवार्ड लाई मानिन्छ । डा. उपाध्यायले सो अवसरमा आफूलाई अवार्ड प्रदान गरिएकोमा आयोजकलाई धन्यवाद दिँदै छोटो मन्तव्य राख्नुभएको थियो । यो अवार्डले आफूलाई थप क्रियाशील बनाउने उहाँले बताउनुभयो ।

डा.उपाध्यायका गीत-संगीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वल्र्ड रेकर्डसहित ११० विश्व रेकर्ड कायम छन् । कीर्तिमानी डा.उपाध्यायका ३० एल्बमका सयौं गीत श्रोतारदर्शकमाझ आएका छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ जस्ता १४ उपन्यास पाठकमाझ आएका छन् भने १५औं उपन्यास प्रकाशनको अन्तिम तयारीमा छ ।

ADVERTISEMENT

धुण्डीराज गोविन्द ‘दादासाहेब फाल्के’को जन्म सन् १८७०मा महाराष्ट्रको त्र्यम्बकमा भएको थियो । उहाँले इञ्जिनियरिङ र मूर्तिकलाको अध्ययन गर्नुभएको थियो । सन् १९०६मा आएको मूक चलचित्र ‘द लाइफ अफ क्राइस्ट’ देखेपछि मोशन पिक्चर्स/चलचित्रमा उहाँको रुचि बढ्यो । चलचित्र क्षेत्रमा आउनुभन्दा पहिला फाल्केले फोटोग्राफरका रूपमा काम गर्नुभएको थियो । उहाँ प्रिन्टिङ प्रेसका मालिक पनि बन्नुभयो भने प्रसिद्ध चित्रकार राजा रवि वर्मासँग पनि उहाँले काम गर्नुभयो ।

सन् १०१३ मा फाल्केले भारतको पहिलो फिचर फिल्म (मूक) ‘राजा हरिश्चन्द्र’को पटकथा लेख्नुभयो साथै त्यसलाई निर्माण र निर्देशन पनि गर्नुभयो । आफ्नो व्यावसायिक सफलताको परिणामस्वरूप फाल्केले १९ वर्षमा ९५ फिचर फिल्मको निर्माण गर्नुका साथै २६ अन्य लघु फिल्म बनाउनुभयो । उहाँलाई ‘भारतीय सिनेमाको के जनक’ (फादर अफ इण्डिया सिनेमा)को रूपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?