कराँची । निर्माता सईम सादिकको बहुचर्चित चलचित्र ‘जोयल्याण्ड’लाई ‘अत्यधिक आपत्तिजनक सामग्री’ भएको आरोपमा पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ । केही महिनाअघि चलचित्र रिलिजको प्रमाणपत्र दिइएपछि अहिले प्रतिबन्ध लगाइएको हो ।
समाचार एजेन्सी पिटीआईका अनुसार जोयल्याण्डलाई पाकिस्तानले ओस्कारमा आधिकारिक प्रवेशका रूपमा पठाएको छ । चलचित्रलाई सर्टिफिकेट बोर्डले अगस्ट १७ गते अनुमति दिएको थियो । तर, पछिल्लो समय यसको सामग्रीलाई लिएर आपत्ति जनाइएको छ ।
देशका रूढीवादी तत्वबाट आउने प्रतिक्रियाबाट बच्न सूचना तथा प्रसारण मन्त्रालयले चलचित्र प्रतिबन्ध लगाएको बताइएको छ । नोभेम्बर १ गते मन्त्रालयले जारी गरेको सूचनामा चलचित्र देशको ‘सामाजिक मूल्य र नैतिक मापदण्ड’ अनुरूप नरहेको उल्लेख गरिएको थियो ।
सूचनामा भनिएको छ, ‘चलचित्रमा हाम्रो सामाजिक मूल्य मान्यता र नैतिक मापदण्डसँग मेल नखाने र मोशन पिक्चर अध्यादेश १९७९ को दफा ९ मा व्यवस्था गरिएको ‘शालीनता र नैतिकता’ विपरती अत्यधिक आपत्तिजनक सामग्री रहेको लिखित उजुरी प्राप्त भएको छ ।’ एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा