स्याङ्जाका लोकतान्त्रिक–बाम गठबन्धन दलको प्रतिबद्धता–पत्र सार्वजनिक

Read Time = 4 mins

-युवराज पौडेल
स्याङ्जा । स्याङ्जा जिल्लाका लोकतान्त्रिक बाम गठबन्धनका दलहरुले संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, संयुक्त जनमोर्चा तथा जनता समाजवादी गरी पाँच दलले आज संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
उक्त प्रतिबद्धतापत्रमा जनतालाई आगामी मंसिर ४ गतेको आम निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरुलाई मतदान गर्न अपील गरिएको छ । केही नीतिगत विषयहरु, राष्ट्रिय राजनीतिका केही विषयहरुसहित स्याङ्जा जिल्लाका विकास निर्माणका विषयहरुलाई समेत समेट्दै उक्त प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।

पाँच दलीय गठबन्धन दलद्वारा व्यक्तिको व्यक्तिगत स्वतन्त्रता, विधिको शासन, मानव अधिकार, प्रेस स्वतन्त्रता जस्ता लोकतान्त्रिक विषयप्रति प्रतिबद्धता व्यक्त गरिएको छ । स्याङ्जा जिल्लामा प्रकृतिले दिएका स्रोतहरुलाई उपयुक्त परिचालन गरी जनताको विकासको चाहना पूरा गर्न आफूहरु र सम्बन्धित दलहरु प्रतिबद्ध रहेको बताइएको छ ।

नुवाकोट, पञ्चासे, चण्डीकालिका, आलमदेवी, चण्डीथान, श्रवणकुमार, राम्चेदेवी, छायाँ क्षेत्र, राम्दीधाम लगायतका धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरुको संरक्षण र विकासका लागि योजना बनाउने प्रतिबद्धता पाँचदलीय गठबन्धनले गरेको छ । यहाँका हजारौ वर्ष पुराना मठ मन्दिर, मस्जिद र गुम्बाहरुले हाम्रो पुर्खाको वैभव एवम् सभ्यतालाई प्रतिनिधित्व गरेका भन्दै मौलिक कलाको संरक्षण र संवर्धनमार्फत् विकासको रेखा कोर्ने योजना रहेको गठबन्धन दलको प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

ADVERTISEMENT

प्रतिबद्धापत्रमा कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण गरी आत्मनिर्भर बनाउनुका साथै निर्यात गर्ने किसिमले कृषिको प्रविधीकरणमा जोड दिइने प्रतिबद्धता जनाइएको छ । प्रतिवद्धता पत्रमा भनिएको छ, ‘आधुनिक स्वास्थ्य सुविधा प्रत्येक पालिकामा पुर्याउने खेल मैदान निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने वाचा गर्दछौं ।’

यसैगरी सिद्धार्थ राजमार्गलाई दुई लेन स्तरोन्नतिका लागि पहल गर्ने, कालीगण्डकी, आँधीखोला,ज्याग्दीखोला, दरौखोलामा आवश्यकतानुसार हाईड्याम्प करिडोरका लागि पहल गर्ने, स्याङ्जा पोखरा सुरुङ मार्ग निर्माणका लागि पहल गर्ने, जिल्ला सदरमुकामबाट सबै पालिका जोड्ने सडक स्तरोन्नति गर्ने लगायतका प्रतिबद्धता पाँचदलीय गठबन्धनद्वारा प्रकाशित प्रतिबद्धतापत्रमा सार्वजनिक गरिएको छ ।

पाँचदलीय गठबन्धन दलका तर्फबाट नेपाली काङ्ग्रेसका कार्यबाहक सभापति केदार काफ्ले नेकपा माओवादीका संयोजक प्रकाश न्यौपाने, नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज प्रेमनारायण पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, जनता समाजवादीका जिल्ला अध्यक्ष ख्यामनारायण ढकालले उक्त प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?