मोरङ ३ ‘क’ मा आज उम्मेदवारको मनोनयन दर्ता हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

विराटनगर । मोरङ ३ प्रदेशसभा ‘क’ मा आज बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार रहनुभएका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा आज फेरि उम्मेदवारको मनोनयन दर्ता गरिन लागिएको हो । मनोनयन दर्ता कांग्रेसबाट मात्र हुनेछ । यसअघि मनोनयन दर्ता भएर चुनावी प्रचारमा रहेका उम्मेदवारहरुको उम्मेदवारी कायमै रहनेछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ ।

ADVERTISEMENT

उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची पनि आज अपरान्ह ४ बजेभित्र प्रकाशित हुनेछ । उम्मेदवारको विरोधमा अपरान्ह ४ बजेपछि ५ बजेसम्म सूचना दिन सकिनेछ ।

उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार अपरान्ह ३ बजेसम्म हुनेछ। उम्मेदवारलाई कात्तिक २५ गते अपरान्ह चिन्ह दिइने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?