गीति एल्बम ‘म चेतन’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । गीतकार एवं चलचित्र निर्देशक स्वर्गीय चेतन कार्कीको गीति एल्बम ‘म चेतन’ सार्वजनिक गरिएको छ । नारायण ओलीको एकल संगीत रहेको एल्बमलाई गीतकार कार्कीको ८४औं जन्मजयन्तीको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरेको गरिएको हो । वरिष्ठ नृत्य निर्देशक भैरबबहादुर थापा, चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष कलाकार मिथिला शर्मा, चेतन कार्कीकी धर्मपत्नी गंगा कार्की, गायिका कुन्ती मोक्तान, म्युजिक नेपालका संस्थापक अध्यक्ष सन्तोष शर्मालगायत कलाकारले सयुक्त रूपमा ‘म चेतन’ लाई सार्वजनिक गर्नुभएको थियो ।

नौवटा गीतहरू समावेश उक्त एल्बममा नारायण ओली, दीप श्रेष्ठ, कुन्ती मोक्तान, अञ्जु पन्त, बानिका प्रधान, महेश सेवा, निशान भट्टराई, अस्मिता अधिकारी, रचना रिमाल र प्रवीन बेडवालको स्वर छ । म्युजिक नेपालले उत्पादन र सार्वजनिक गरेको यस संग्रहमा रहेका गीतहरूको म्युजिक एरेञ्ज शिलबहादुर मोक्तान, फणीन्द्र राई, गोपाल रसाइलीले गर्नुभएको छ ।

ADVERTISEMENT

चलचित्र निर्देशक, लेखक तथा साहित्यकार चेतन कार्कीको २०७८ जेठ २ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । ‘जुन निदाउन थाले तारा निदाउन थाले’, ‘बैनीको दया छ भने रोदी घर दाइ नाचे नभने’, ‘बुझ्नै सकिनौ तिमीले आँखाको भाखा मेरो,’ ‘माया पिरतीको चोखो कथा’, ‘कान्छी हे कान्छी’, ‘कलकल सलसल’, ‘लाज लाग्छ’, ‘सपनीमा देखेथिये’, ‘मोहनी आँखा’ जस्ता कैयन् कालजयी गीतका सर्जक कार्कीले ‘विश्वास’, ‘पहिलो प्रेम’, ‘मनको आँखा’, ‘भूमरी’लगायत चलचित्र निर्देशन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?