दयानिधि शर्माको स्मृति ग्रन्थ लोकार्पण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । पूर्वमन्त्री एवं राजनीतिज्ञ स्वर्गीय दयानिधि शर्माको स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । शनिबार राजधानीमा एक विशेष समारोहबीच ‘निष्ठापूर्ण राजनीतिका अथक योद्धा दयानिधि शर्मा स्मृति ग्रन्थ’ लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि डा. शास्त्रदत्त पन्त, वरिष्ठ वकिल तेजप्रसाद कँडेल, साहित्यकार, समिक्षक खेम कोइराला, साहित्यकार करुणानिधि शर्मा र स्व. शर्माका नातीनातिनीले पुस्तकको लोकापर्ण गर्नुभएको थियो ।

शर्माका कान्छा छोरा हेमनिधि शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा डा.हिमानन्द रिजाल, डा.भागवत ढकाल, अच्युतरमण ज्ञवाली, सूर्यबहादुर सेन ओली, करुणानिधि शर्मालगायतले शर्मा र स्मृतिग्रन्थका बारेमा चर्चा गर्नुभएको थियो । उहाँहरूले दयानिधिले समाजमा पुर्‍याउको योगदान र उहाँको व्यक्तित्वको बारेमा आ-आफ्ना धारणा राख्नुभएको थियो ।

ADVERTISEMENT

यस स्मृतिग्रन्थमा शर्माबारे गरिएका तीन पुस्ताका धारणाहरूको संयोजन गरिएको छ । पहिलो पुस्तामा उहाँसँगै काम गरेका र राजनीति गरेका समकक्षीहरूको धारणा, दोस्रो पुस्तामा देख्ने र जान्नेहरूको सम्झना र नजिकबाट नियालेकाहरूको धारणा साथै तस्रो पुस्तामा अग्रजबाट सुनेका आधारमा बनाइएको धारणा प्रस्तुत गरिएको छ ।

शोभा शर्मा, जानकी कोइराला र अनु शर्मा प्रकाशकध रहेको ३६० पृष्ठको यसको कृतिको मूल्य व्यक्तिगत पाँच सय र संस्थागत एक हजार राखिएको छ । शर्मासँग सम्बन्धित विभिन्न तस्वीर समावेश गरिएको यस कृतिको सम्पादन करुणनिधि शर्मा, हरि पथिक र तुलसीदास गौतमले गर्नुभएको छ । शर्मा राष्ट्रिय राजनीतिका दृष्टिले उच्च, निष्ठावान राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो । विक्रम संम्वत १९७२ मा जन्मनु भएका शर्मा तत्कालीन गुल्मीको एक प्रमुख राजनेताको रूपमा हुनुहुन्थ्यो । शर्माको २०३० सात चैत १२ मा स्याङ्जाको घलाम फूलबारीमा आकस्मिक निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?